तस्बिरमा हेर्नुस् पाँच दिने भक्तपुर महोत्सव

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव शुक्रबारबाट सुरु भएको छ ।
भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै पुरानो सहर भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी हुने विश्वास नगरप्रमुख सुनिल प्रजापतिले व्यक्त गरे ।
महोत्सवमा ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, (बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच), प्रदर्शनी पौभा, तस्बिर, चित्रकला, छ्वालीकला प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए