अल्लु अर्जुन पक्राउ
नयाँदिल्ली । साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् । शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड भएको थियो । भागदौडमा एक महिलाको मृत्यु भएको थियो । यही मामलामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसअघि प्रहरीले यही मामिलामा तीन जना लाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेका छन् ।
जानकारीअनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनामा घाइते भएका ९ वर्षीय बालक श्रीतेजको स्वास्थ्यमा सुधार भइरहेको भनिएको छ ।
गएको बुधवार राति हैदरावादको सन्ध्या थिएटर पुष्पा २ को विशेष प्रिमियर थियो । यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुन पनि पुगेका थिए । हलबाहिर उनलाई हेर्न भीड जम्मा भएको थियो ।
एक्कासि भागदौड मच्चिँदा रेवती नाम गरेकी एक महिलाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइते हुनेमा रेवतीको ९ वर्षीय छोरा श्रेतेज पनि थिए ।
आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठुलो घटना हुने थिएन भन्ने उनको तर्क छ ।
यो घटनापछि अल्लु अर्जुनले आफ्नो एक्स ह्यान्डलमा भिडियो शेयर गर्दै मृतक महिलाको परिवारलाई २५ लाख भारु सहयोग गर्ने घोषणा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
दुई जिल्लाले धानेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल