निकुञ्जले हेलिकप्टर नउडाउन पत्र पठाएपछि प्राधिकरणले भन्यो– यस्तो प्रस्ताव कार्यान्वयन हुँदैन

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र र आसपास हेलिकप्टर नउडाउने प्रस्तावसहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । राष्ट्रिय निकुञ्ज, गाउँपालिका र स्थानीय सरोकारवालको अनुरोध भन्दै निकुञ्जले आगामी जनवरी १ देखि हेलिकप्टर नउडाउने निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई आग्रह गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा, बासस्थानको संरक्षण, ध्वनी प्रदूषण नियन्त्रण, खुम्बु क्षेत्रको व्यापार, व्यवसायमा असर परेको भन्दै हेलिकप्टर उडाउन नहुने निकुञ्जको प्रस्ताव थियो ।
जवाफमा प्राधिकरणले यस्तो प्रस्तावप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको र कार्यान्वयन गर्न नसकिन जनाएको छ । वायुसेवा क्षेत्र प्राधिकरणको एकल अधिकार क्षेत्रभित्र पर्ने भन्दै सगरमाथा राष्ट्रिय निकुञ्जले गरेको पत्राचारको कुनै कानुनी आधार र औचित्य नभएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले भनेको छ- ‘तसर्थ निर्वाध र नियमित रुपमा व्यावसायिक उडान सञ्चालन गर्न सम्पूर्ण हेलिकप्टर कम्पनी तथा सरोकारवाला निकायलाई प्राधिकरण विशेष अनुरोध गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित