विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका–१ घर भई काठमाडौँ शंखरापुर नगरपालिका–९ बस्ने ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भिमदत्त नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन् ।
पक्राउ मध्ये सुदिपले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख १० हजार रुपैयाँ र भानुले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधवार सुदिपलाई काठमाडौँ गल्कोपाखाबाट र भानुलाई काठमाडौँ बौद्धबाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण