विष्फोटक पदार्थ प्रकरण
गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो
शुक्रबार, २८ मङ्सिर २०८१, ११ : ४३
![गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो](https://npcdn.ratopati.com/media/news/amrit-dilip_rorW1plZLt.jpg)
काठमाडौँ । चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको छ । भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएका छन् ।
गोरखा घर भएका ३६ वर्षीय सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय भट्टराईलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
आरोपीहरूले २०८१ भदौ २८ मा झापा बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी स्टेटको कम्पाउन्डमा कुकर बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरूमाथि ९ दिन म्याद मिलान गरेर अनुसन्धान थालिएको डीएसपी चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा