४ प्रदेशका डीआईजी फेरिए
काठमाडौँ । गृह मन्त्रालयले ४ वटा प्रदेशका डीआईजीहरुलाई सरुवा तथा पदस्थापन गरेको छ । लुम्बिनी प्रदेशमा डीआईजी दान बहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ ।
भोला बहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बढुवा भएका ८ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ । विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई पदस्थापन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई ल्याइएको छ ।
डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभाग, हिमाल कुमार श्रेष्ठलाई अख्तियार र उमा प्रसाद चतुर्वेदीलाई प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको छ ।
रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मङ्सिर १७ मा राउत सहितका ८ जना उच्च अधिकृतहरू डीआईजमा बढुवा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?