बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

के साँच्चै ट्रम्पले एआईको विकास र उपयोगमा तगारो हाल्लान् ?

शुक्रबार, २८ मङ्सिर २०८१, ०६ : ४०
शुक्रबार, २८ मङ्सिर २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प प्रशासनको आगमनबारे अनेक अड्कलबाजी हुन थालेका छन् । ट्रम्पको ह्वाइटहाउस इन्ट्रिले हाल संसारभर उधुम मच्चाएको कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणको निर्माण तथा उपयोगलाई प्रभावित पार्ने आँकलन गरिएको छ । यस सम्बन्धमा दुई खाले धारणा बाहिरिएका छन् । 

एकातिर जो बाइडेन प्रशासनले बनाएको नियमलाई तोडेर ट्रम्प प्रशासन एआईले हालसम्म गरेका प्रगति समेतलाई उल्ट्याउन सक्ने आँकल गरिएको छ भने अर्कोतर्फ ट्रम्प प्रशासनले उद्योगप्रति अति व्यवहारिक दृष्टिकोण राख्ने सम्भावनाको अड्कल समेत गरिएको छ । 

बाइडेनले संघीय सरकार र कम्पनीहरुले एआईको उपयोग कसरी गर्न सक्छन् र उपकरणहरुको सुरक्षा एवं संरक्षण कसरी गर्न सकिन्छ भन्नेबारे सन् २०२३ अक्टुबरमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसको उद्देश्य संघीय सरकारभित्रै एआईको उपयोगलाई बढावा दिने थियो । तर, नवनिर्वाचित ट्रम्पले उक्त कार्यकारी आदेशलाई निष्क्रिय पार्ने बचन दिइसकेका छन् । 

एआईको उपयोग अर्थात् विनियम गर्नेबारे कुनै संघीय ऐन नियम नहुँदा पनि बाइडेन प्रशासनले सात एआई कम्पनीलाई आगामी दिनमा सुरक्षित रुपमा प्रणाली विकास एवं विस्तार गर्न सकिन्छ भन्ने सन्दर्भको सरकारी योजनामा सहमत गराएको थियो । 

तर, हालै ट्रम्पले संघीय व्यापार आयोग एफटीसीको नेतृत्व गर्नका लागिव एन्ड्रयू फर्ग्युसनलाई चुनेका कारण सम्भवतः उनले एआई उपकरण उद्योगलाई विनियम गर्नेबारे दख्खल दिन सक्ने आँकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप