अमेरिकन डलरसहित युवक पक्राउ
बिहीबार, २७ मङ्सिर २०८१, २२ : ५८
![अमेरिकन डलरसहित युवक पक्राउ](https://npcdn.ratopati.com/media/news/mia_o8QTpnJ6QD.jpg)
काठमाडौँ । झापाबाट २९ हजार ७०० अमेरिकन डलरसहित एक युवक पक्राउ परेका छन् । बिहीबार झापाको गौरादह नगरपालिका ५ बस्ने मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ केर्खाचोक स्थित पूर्वपश्चिम राजमार्गमा सवारी जाँचका क्रममा मिया पक्राउ परेका हुन् । दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख् ९५३० नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार मिया प्रहरीको नियन्त्रणमा परेका थिए ।
उनको साथबाट बरामद डलर आजको नेपाली दरदरेट १ डलरको १३५.८२ अनुसार ४० लाख ३३ हजार ८५४ रुपैयाँ हुने प्रहरीले जनाएको छ । मियालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता