मानवअधिकार चलचित्र महोत्सवमा रेमन्यान्ट्सले जित्यो नेपाली पानारोमा अवार्ड
काठमाडौँ । १२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटेले यस फिल्मको निर्देशन गरेका हुन् ।
बिहीबार सम्पन्न महोत्सवमा देवी वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन् । ब्ल्याक रेन इन माई आइजले उत्कृष्ट लुघ वृत्तचित्र अवार्ड जितेको छ । त्यस्तै सर्ट फिक्सनजतर्फ द फस्र्ट फिल्मले अवार्ड जितेको छ ।
अवार्ड विजेताहरुलाई प्रतिनिधिसभा सांसद् ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरे ।
फिचर डकुमेन्टी अवार्ड ह्वेर वी युज्ड टु स्लिप वाईले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित अल वि इम्याजिन एज लाइटले जितेको छ ।
सामुहिक अधिकार नारासहित मंसिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो । महोत्सवका दौरान विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरियो ।
महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चार दिने वर्कसप समेत सञ्चालन गरेका थिए । जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए ।
महोत्सवको सुरुवातमा ‘अल वि इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरुमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
-
भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन
-
अमेरिकन डलरसहित युवक पक्राउ
-
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्न : मुख्यमन्त्री कँडेल
-
कास्की अदालतमा सूर्य थापामाथि खनिए रवि, योजनाअनुसार प्रतिवेदन लेखेको आरोप
-
१० बजे १० समाचार : दुर्गा र रविको हिरासतमै बासदेखि ‘दुई नम्बरे उपकुलपति’को आरोपसम्म