बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

चीनका लागि नेपाल राजदूत ओलीले बुझाए राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र

बिहीबार, २७ मङ्सिर २०८१, २० : २२
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । चीनका लागि नेपाल राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र  बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबिच राजदूत ओलीले आफ्नो ओहदाको प्रमाणपत्र  राष्ट्रपति सीसमक्ष बुझाएका हुन् । 

नेपाली राजदूत ओलीसँगै विभिन्न २९ मुलुकका राजदूतहरूले सामूहिक रूपमा चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

समारोहमा चिनियाँ राष्ट्रपति सीले राजदूतहरूलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पोलिट्बयुरो सदस्य वाङ यीलगायतका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप