खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन फर्मलाई २५ हजार जरिवाना
बिहीबार, २७ मङ्सिर २०८१, १८ : १२
![खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन फर्मलाई २५ हजार जरिवाना](https://rpcdn.ratopati.com/media/albums/upabhokta_bibhag_final_P53Gs0HKv7.jpg)
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन वटा फर्मलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । बिहीबार अनुगमनमा गएको विभागको टाेलीले खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने दुई वटा फर्मलाइ १०/१० हजार र एक फर्मलाई ५ हजार जरिवाना गरेको जनाएको छ ।
जसमध्ये काठमाडौँ महानगरपालिका–२१ को मुस्ताक इन्टरप्राइजेज र विके इन्टरनेश्नललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका १ को प्रनिश बुक एण्ड स्टेस्नरीलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य
-
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
-
काठमाडौँ महानगरपालिकाका प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरूपण
-
भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ‘सनम तेरी कसम’