चितवनले भित्र्यायो यूएईका अलराउन्डर हमिदलाई
बिहीबार, २७ मङ्सिर २०८१, १६ : ५३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी क्लब चितवन राइनोजले यूएईका अलराउन्डर बसिल हमिदलाई बाँकीका खेलहरूका लागि भित्र्याएको छ । ३२ वर्षीय खेलाडी मिडल अर्डर दायाँ हाते ब्याटर हुन् भने उनले अफब्रेक बलिङ गर्छन् ।
उनले ६१ टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ७८२ रन बनाएका छन् । उनको उच्च स्कोर ५१ रहेको छ । उनले दुई अर्धशतक हिर्काएका छन् । उनले कूल ३८ विकेट लिएका छन् । उनको बलिङ औसत ६.९९ रहेको छ भने उनको सबैभन्दा राम्रो प्रदर्शन २५ रन खर्चेर ४ विकेट लिएका छन् ।
‘म नेपाल पहिले पनि आएको छु र यहाँको वातावरणसँग परिचित छु । म एनपीएलमा चितवन राइनोजसँग आबद्ध हुन र टोलीका लागि योगदान दिन उत्साहित छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन