विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला
बिहीबार, २७ मङ्सिर २०८१, १६ : १८

काठमाडौँ । बिहीबार विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । बाँके, कास्की र इलाममा ३ जना मृतअवस्थामा फेला परेका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका–२ पितमारीस्थित रेशम बैगारको घरमा सोही ठाउँ बस्ने २२ वर्षीय अम्मर बिक मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कास्कीको मादी गाउँपालिका–११ ठुल्ढुङ्गा बस्ने ७२ वर्षीय रिठ्ठे रानाभाट सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।
उता इलामको देउमाई नगरपालिका–१ चमैतास्थित बाटोमा माङसेबुङ गाउँपालिका–२ घर भएका २९ वर्षीय सरोज लिम्बु पनि मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग
-
खरबुजा खाएलगत्तै खानु हुन्न यी चिजहरू