प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बन्यो जनकपुर
![प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बन्यो जनकपुर](https://npcdn.ratopati.com/media/news/janakpur-bolt_f8hnvkDkoy.jpg)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को २१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । टोलीले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो ।
काठमाडौँले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य जनकपुरले मात्र १५.५ ओभरमा मात्र ५ विकेटको क्षतिमा पछ्यायो । जनकपुरका लागि जिमी निसमले सर्वाधिक २७ रनको योगदान दिए । उनले १७ बलमा एक चौका र ३ छक्का प्रहार गरे ।
हर्ष थाकेर २५ बलमा २५ रन बनाउँदै नटआउट रहे । उनले १ चौका र एक छक्का हिर्काए । मोहम्मद मोहसिन १३ रन बनाउँदै नटआउट रहे । उनले ३ चौका प्रहार गरे ।
ओपनर लाहिरु मिलान्थाले २० बलमा १६ रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान अनिल साहले १० बलमा ११ रन जोडे । उनले एक चौका हिर्काए ।
काठमाडौँका लागि कप्तान करन केसीले किफायती बलिङ गर्दै ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । साहाब आलम, जेरहार्ड इरास्मस र दीपेश कँडेलले १–१ विकेट लिए ।
यसअघि ललित राजवंशीले घातक बलिङ गरेपछि काठमाडौँले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन मात्र बनाउन सक्यो ।
राजवंशीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । यसमध्ये दुई ओभर मेडन राखेका उनले मात्र ८ रन खर्चिए । शेर मल्ले पनि ३ विकेट लिए । मल्लले ३.३ ओभरमा मात्र ११ रन दिए । उनलाई मोहम्मद मोहसिनले राम्रो साथ दिए । मोहसिनले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए ।
काठमाडौँका लागि जेरहार्ड इरास्मसले २० रनको योगदान दिए । उनले २२ बलमा २ चौका प्रहार गरे । ओपनर स्टेफन इस्किीनाजीले १९ बलमा १७ रन जोडे । उनले २ चौका प्रहार गरे ।
खेलको अन्त्यतिर कप्तान करन केसीले १३ बलमा १९ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
- एकै खेल कप्तान साहको पाँच क्याचको रेकर्ड
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले कुनै पनि खेलमा सबैभन्दा धेरै क्याचको कीर्तिमान बनाउन सफल भएका छन् । काठमाडौँ गुर्खाजविरुद्ध खेलमा साहले ५ वटा क्याच लिन सफल भएका हुन् ।
साहले मोहम्मद मोहसिनको बलमा भीम सार्की र जेरहार्ड इरास्मको क्याच लिए । त्यसतै, ललित राजवंशको बलिङमा सुमित महर्जनलाई आउट गरे ।
त्यसपछि अरनिको यादवको बलमा रसिद खानको क्याच लिएका उनले अन्त्यमा शेल मल्लको बलमा दिपेश कँडेललाई क्याच आउट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
-
निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा
-
अध्यादेशको विषयमा ८ दलीय मधेसी मोर्चा किन मौन ?
-
सरकार कृषि ऐन जारी गर्ने तयारीमा छ : मन्त्री अधिकारी
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)