कप्तान सन्दीपको बिर्सनलायक एनपीएल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले निराशाजनक प्रदर्शन गरेको छ । ५ खेलमा मात्र १ खेल जित्दै विराटनगर अङ्क तालिकाको पुछारमा रहेको छ । ६ खेल खेलिसकेको लुम्बिनीले पनि समान २ अङ्क बटुलेपनि नेट रन रेटका आधारमा विराटनगर तालिकाको अन्तिम स्थानमा रहेको छ ।
यो प्रतियोगिता टोलीका कप्तान सन्दीप लामिछानेका लागि बिर्सनलायक साबित भएको छ । लेगब्रेक बलरले आफ्नो बलिङबाट टोलीका लागि खासै योगदान गर्न सकेका छैनन् । उनको ब्याटिङ पनि निराशाजनक नै रहेको छ । ५ खेलमा उनले मात्र १ विकेट लिन सकेका छन् । उनको बलिङ औसत १४४ रहेको छ भने उनको इकोनोमी ७.२० रन प्रति ओभर रहेको छ । यता, उनको ब्याटबाट २२ रन निस्किएको छ । उनको उच्च स्कोर ८ रन रहेको छ ।
प्रतियोगिताको बिहीबार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुपरमा उनको महँगो बलिङ निर्णायक साबित भयो । अन्य बलिङ विकल्प हुँदाहुँदै जोखिम मोलेर बलिङ गर्न आएका सन्दीपको पहिलो दुई बलमा नै रेमन रिफरले दुई छक्का प्रहार गरे । त्यसपछि अर्को चौका हिर्काउँदै रिफरले टोलीका लागि १८ रन जोडे ।
१९ रनको लक्ष्य पछ्याएको विराटनगरले रिफरको शानदार बलिङबिच ५ रन मात्र जोड्न सक्यो । दुई ब्याटर मार्टिन गप्टिल र निकोलस किर्तनले २–२ रन मात्र बनाउन सके ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त