बिहीबारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
_Lb3DBFPm7N.jpg)
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२:१२ एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।सिप्रदी ट्रेडिङका अनुसार बिहीवारदेखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ ।
यो एक्सचेन्ज क्याम्प टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।
यसकासाथै, यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।
यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले खोस्यो प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी
-
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा कोशीको विजयी सुरुवात
-
भारतबाट हराएका सूर्यचन १२ दिनदेखि सम्पर्कविहीन
-
वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने
-
दुर्गेशले गाएको यस्तो छ ‘कर्मा’ को टाइटल गीत
-
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष