गढीमाई मेला : ड्रोन र तालिम प्राप्त कुकुरबाट हुन्छ निगरानी
बिहीबार, २७ मङ्सिर २०८१, ११ : ५८

काठमाडौँ । बाराको गढीमाई मन्दिरमा लागिरहेको मेलामा पाँच सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । उक्त मेलामा सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराबाट प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमान्डमा टोली परिचालन गरिएको जनाइएको छ ।
साथै मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा गढीमाई मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
मेलामा २ वटा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ भने भीड व्यवस्थापन र निगरानी गर्न ड्रोनको समेत प्रयोग गरिएको छ । मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना भएमा तत्कालै उद्धारका लागि २४ सै घण्टा तालिमप्राप्त टोली रबर बोटसहित तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा