‘माग्ने राजा’ बन्दै केदार घिमिरे

काठमाडौंँ । निर्देशक ऋषि लामिछानेले केही अघि घोषणा गरिएको फिल्मको नाम ‘माग्ने राजा’ राखिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम जानकारी दिएको हो ।
अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ को मुख्य भूमिका रहने फिल्म मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपछि सार्वजनिक गरिएको हो । फिल्मको लेखन समीप्यराज तिमल्सिनाले गरेका छन् ।
आगामी फागुन १ गतेबाट छायाङ्कनको तयारी गरिएको ‘माग्ने राजा’ कमेडी कथावस्तुमा बन्न लागेको हो । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदार बाहेक अन्य कलाकार छनौटको क्रममा छन् । यो फिल्मबाट निर्देशक लामिछानेले आठ वर्षपछि कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनले सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए ।
हुन त ‘माग्ने राजा’ नामबाट केही अगाडि दीपक दीपाले फिल्म बनाउने तयारी गरेका थिए । तर अहिले यो नाम दीपक दीपाको हातबाट फुत्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?