विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २० औँ खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवर्डसले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३५ बलमा ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले तीव्र गतिमा रन बनाउँदै १६ बलमा २६ रन जोडे । उनले २ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, बसिर अहमदले २० बलमा २१ रन बनाए । उनले एक छक्का प्रहार गरे । निकोलस किर्तनले १६ बलमा १९ रन बनाए । उनले एक छक्का प्रहार गरे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पोखराका लागि सगर ढकालले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिए । रेमन राइफरले पनि ४ ओभरमा ३३ रन खर्चेर २ विकेट हात पारे । कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।
पोखरा र विराटनगर दुवैको यो पाँचौँ खेल हो । दुवै टोलीले हालसम्म खेलका ४ खेलमध्ये एक–एक खेलमात्र जित्न सकेका छन् । पोखरा र विराटनगर २–२ अङ्क बटुल्दै क्रमशः सातौँ र आठौँ स्थानमा छन् । दुवै टोली आजको खेल जित्नै पर्ने दबाबमा छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
-
प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण