लोहार सङ्घ रौतहटको अध्यक्षमा शर्मा निर्वाचित
रौतहट । नेपाल विश्वकर्मा (लोहार) सङ्घ रौतहटको अध्यक्षमा रामासोगार्थ शर्मा (विवेक) निर्वाचित भएका छन्। शिवनगरमा बुधवार राति सम्पन्न सङ्घको छैटौँ जिल्ला अधिवेशनले जिल्ला अध्यक्षमा विवेकलाई चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा शङ्कर ठाकुर, सचिव रामलाल ठाकुर, कोषाध्यक्ष रामदिनेश ठाकुरलाई चयन गरेको छ। त्यस्तै सदस्यहरूमा बुटन ठाकुर, सियाराम ठाकुर तथा सुरेन्द्र ठाकुर, चन्देश्वर ठाकुर, सुरेन्द्र ठाकुर, नागेन्द्र ठाकुर, राजेन्द्र ठाकुर, रिता देवी, रामसेवक ठाकुर, विष्णुकान्त ठाकुर, सचिन्द्र ठाकुर, सर्वसम्मतिले चयन गरेको अध्यक्ष विवेकले बताएका छन्।
अधिवेशनको उद्घाटन सत्रमा वक्ताहरूले लोहार समुदायको समृद्धि, शिक्षामा पहुँच, सामाजिक अधिकार र आर्थिक सशक्तीकरणका लागि सङ्गठित भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
नवनिर्वाचित अध्यक्ष रामसोगार्थ शर्मा विवेकले अधिवेशनको समापन समारोहमा सम्बोधन गर्दै आफ्नो नेतृत्वमा सङ्घलाई थप सशक्त र प्रभावकारी बनाउँदै लोहार समुदायको विकासका लागि विशेष योजना अघि बढाइने प्रतिबद्धता जनाएका थिए।