च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा बलियो
बिहीबार, २७ मङ्सिर २०८१, ०३ : ५५

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब फुटबलको हस्ती बार्सिलोनाले अन्तिम आठको यात्रा बलियो बनाएको छ । बुधबार राती बोरुसिया डर्टमण्डविरुद्ध बार्सिलोनाले ३-२ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठको यात्रा बलियो बनाएको हो । डर्टमण्डको घरेलु बैदानमा बार्सिलोनाका लागि टोरेसले दुई तथा राफिन्हाले एक गोल गरे ।
नकआउट चरण प्लेअफ पहिल्यै सुरक्षित गरेको बार्सिलोनाले एक खेल गुमाउँदा घाटा लागेको छ । बार्सिालोना अहिले १५ अंकका साथ दोस्रो स्थानमा छ । शीर्षस्थानको लिभरपुल अहिलेसम्म अपराजित छ भने उसको ६ खेलबाट पूरा १८ अंक छ । लिग चरणका दुई खेल बाँकी हुँदा क्लबहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै