ट्रम्पले निकाल्नुभन्दा पहिल्यै एफबीआई प्रमुखले जागिर छोड्ने
![ट्रम्पले निकाल्नुभन्दा पहिल्यै एफबीआई प्रमुखले जागिर छोड्ने](https://npcdn.ratopati.com/media/news/fbi_AKPqtqKXkl.jpg)
काठमाडौं । अमेरिकी संघीय जाँच व्यूरो एफबीआई प्रमुख क्रिस रे’ले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने तयारी गरेका छन् । उनले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बताइएको छ ।
ट्रम्पले अघिल्लो कार्यकालमा तत्कालीन एफबीआई प्रमुखलाई बर्खास्त गरेपश्चात रेको नाम प्रस्तावित गरेका थिए । रे’को १० वर्षे कार्यकाल मध्ये अझै ३ वर्ष बाँकी नै छ । एफबीआई प्रमुखको पद विशुद्ध प्रशासनिक तथा राजनीतिक लिङ्करहित रहने भएका कारण रे’को राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी हिँडेपछि ट्रम्पका लागि एफबीआई प्रमुख छान्नु र हटाउनू सामान्यजस्तै हुने भनी चिन्ता गर्न थालिएको छ ।
सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको जाँच गरेको निहुँमा तत्कालीन एफबीआई प्रमुख जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गरेका थिए । त्यसलगत्तै रे’ले एफबीआईको कमाण्ड सम्हालेका थिए । रे’लाई कयौं सांसदहरुले एक चट्टानी अडान लिने जिम्मेवार अधिकारीका रुपमा लिएका छन् । ट्रम्पबारे जाँच गरेको एफबीआईले दुई भिन्दा भिन्दै संघीय मामिला बाहिर ल्याई अदालतमा दर्ज गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म