पत्रकार महासङ्घको अमेरिका शाखा गठन,संयोजकमा शेर्पा
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अमेरिकामा आफ्नो शाखा गठन गरेको छ। महासङ्घको विधान अनुसार देश बाहिर पनि शाखा विस्तार गर्दै जाने क्रममा अमेरिकामा शाखा गठन गरिएको महासङ्घकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले जानकारी दिएकी छन्।
अधिकारीका अनुसार, शाखाको तदर्थ समितिको संयोजकमा हाल अमेरिकामै रहेका महासङ्घका पूर्व केन्द्रीय सदस्य आङछिरिङ शेर्पालाई चयन गरिएको छ। शेर्पालाई संयोजकको रूपमा तीन महिनाभित्र महासङ्घको सदस्यता वितरण गरेर अधिवेशन गर्न जिम्मेवारी तोकिएको छ।
‘तीन महिनाभित्र सदस्यता विस्तार गरेर अधिवेशन गराउने गरी तपाईंलाई महासङ्घ अमेरिका शाखा तदर्थ समितिको संयोजक तोकिएको छ’ कार्यवाहक अध्यक्ष अधिकारीले हस्ताक्षर गरेको मङ्सिर २० गते प्रेषित पत्रमा उल्लेख छ। यसैबिच संयोजक शेर्पाले पनि महासङ्घले आफूलाई अमेरिकाको संयोजक चयन गरी जिम्मेवारी दिएकोमा महासङ्घको नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।
‘मलाई विश्वास गरेर महासङ्घको शाखा विस्तार गर्न जुन जिम्मेवारी दिइएको छ, म त्यसलाई अमेरिकामा रहेका सबै नेपाली मूलका पत्रकार साथीहरू र महासङ्घका पूर्व नेतृत्व तहमा रहेका साथीहरूसँग सल्लाह गरेर पुरा गर्ने प्रयास गर्नेछु’ शेर्पाले भने।
शेर्पा करिब दुई दशकदेखि अमेरिकामा बस्दै आइरहेका छन्। नेपालमा रहँदा कान्तिपुर दैनिकमा आबद्ध रहेका उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने दक्षिण एसियाकै पहिलो पत्रकार पनि हुन्।
करिब अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील शेर्पा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)का पूर्व अध्यक्ष समेत हुन्। उनकै पहल र कार्यकालमा नेजा र महासङ्घबिच सहकार्यको सम्झौता भएको थियो। हाल उनी एभरेस्ट टाइम्सको प्रधान सम्पादक छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रविमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार हुँदैदेखि दुर्गा प्रसाईंलाई ५ वर्षबढी कैदको मागसम्म
-
माधव नेपालद्वारा स्थायी कमिटीमा राजनीतिक प्रतिवेदन प्रस्तुत
-
पत्रकार महासङ्घको अमेरिका शाखा गठन,संयोजकमा शेर्पा
-
नुवाकोटमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
-
दोलखामा क्रियाशील पत्रकार समाज गठन
-
१० बजे, १० समाचार : रविलाई ३ मुद्दा दर्ता गर्न राय, दुर्गालाई ५ वर्षभन्दा बढी कैद माग