मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

मन्धानाको शतकबाबजुद भारतविरुद्ध अस्ट्रेलियाको ‘ह्वाइट वास’

बुधबार, २६ मङ्सिर २०८१, २१ : ०२
बुधबार, २६ मङ्सिर २०८१

वाका । तेस्रो एकदिवसीयमा भारतीय महिला टोलीलाई ८३ रनले हराउँदै अस्ट्रेलियन महिला टोलीले एकदिवसीय शृङ्खला ३–० ले ह्वाइट वास गर्न सफल भएको छ । 

अन्तिम खेलमा २ सय ९९ रनको लक्ष्य पछ्याएको भारतले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो । टोलीका लागि स्मृति मन्धानाले सर्वाधिक १ सय ५ रनको योगदान दिइन् । उनले १ सय ९ बलमा १४ चौका र १ छक्का प्रहार गरिन् ।

हर्लिन देओलले ३९ रन बनाइन् भने कप्तान हरमनप्रित कौरले १२ तथा जेमिमा रोड्रिग्वेजले १६ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भारतलाई सस्तोमा समेट्न एस्ली गार्डनरले १० ओभर बलिङ गर्दै मात्र ३० रन खर्चेर ५ विकेट लिइन् । त्यसैगरी मेगन स्कहट र एलाना किंगले २–२ विकेट लिइन् । एनाबेल सदरल्याण्डले १ विकेट हात पारिन् ।

यसअघि, सदरल्याण्डको शतकको मद्दतले अस्ट्रेलियाले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ९८ रन बनाएको थियो । उनले मात्र ९५ बलमा ११० रन जोडिन् । 

त्यस्तै, गार्डनर र कप्तान ताहलिया म्याकग्राले अर्धशतकीय इनिङ्स खेल्दे क्रमशः ५० र ५६ रन जोडे । भारतका लागि अरुनधति रेड्डीले ४ तथा दीप्ति शर्माले १ विकेट लिइन् ।

अस्ट्रेलियाले शृङ्खलाको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा टोली १ सय २२ रनले विजयी बनेको थियो ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप