१० बजे, १० समाचार : रविलाई ३ मुद्दा दर्ता गर्न राय, दुर्गालाई ५ वर्षभन्दा बढी कैद माग
काठमाडौँ । आज २०८१ मंसिर २६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- सहकारी प्रकरण
जिल्ला प्रहरी कार्यालय कास्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।’
- दुर्गा प्रसाईं
कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।
- बजार माग
अधिकांश आन्तरिक सूचक सकारात्मक छैनन् । बैंकमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएको छ । ब्याजदर न्यून हुँदा पनि लगानी बढ्न सकेको छैन । नयाँ उद्योग, व्यवसाय खोल्ने र लगानी गर्नेहरू छैनन् भन्दा फरक पर्दैन । यसको मतलब निजी क्षेत्रमा आत्मविश्वास छैन ।
- लोक सेवा आयोग
तीन तहको सरकारमा आवश्यकताभन्दा बढी सरकारी कर्मचारी भर्ना भएको भन्दै लोक सेवा आयोग कर्मचारी कटौती गर्नुपर्ने पक्षमा उभिएको छ । राज्यको स्रोत–साधनले धान्नै गाह्रो पर्ने गरी कर्मचारी भर्ती गरिएको आयोगको निष्कर्ष छ ।
- विद्यालय शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयकमा विज्ञ तथा शिक्षा क्षेत्रका सरोकारवालाले थरीथरीका सुझाव दिएका छन् । बुधबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उनीहरूले आ–आफ्नो सुझाव दिएका हुन् ।
- अर्थ समिति
बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था, भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समितिमा प्राप्त विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । ११ बजेदेखि सुरु हुने सो छलफलमा समयमा उपस्थित हुने सांसदहरूको सङ्ख्या न्यून थियो । कोरम नपुग्ला कि भन्नेमा शङ्का थियो । नभन्दै कूल २३ जना सांसदमध्ये ११ जनाको मात्र उपस्थिति रह्यो । कोरम पुर्याउन १४ सदस्य हुनुपर्ने व्यवस्था छ ।
- मोतिपुर औद्योगिक क्षेत्र
सरकारले हचुवाका भरमा आयोजना छनोट र शिलान्यास गर्दाको परिणाम र प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण भनेको छ रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र । २०७७ सालमै शिलान्यास भएको मौतिपुर औद्योगिक क्षेत्र अहिलेसम्म झाडीमै सीमित बनेको छ ।
- स्थायी कमिटी बैठक
नेताहरूको कार्यविभाजन गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा सदस्य थप्ने प्रस्तावमा विवाद भएको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा १७ जना पोलिटब्युरोबाट स्थायी कमिटीमा ल्याउने प्रस्तावप्रति उपमहासचिव राजेन्द्र राईले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ राखेका छन् ।
- न्यायालय
उच्च अदालत पाटनले विद्युत् महसुल बक्यौता असुल गर्ने नाममा असम्बन्धित कम्पनीहरूको विद्युत् नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक मारिएका धनुषाका दिलीप महतो प्रकरणमा जिल्ला र उच्चको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ। सरकारका तर्फबाट दुवै अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्दै केही दिनअघि सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्य दाहालले बताए ।
- नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणमै रोकिने पहिलो टोली लुम्बिनी लायन्स बनेको छ । जारी प्रतियोगितामा ६ खेल खेलेको लुम्बिनी लायन्स पाँच खेलमा पराजित भएको छ भने एउटामा मात्र विजयी भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले बुधबार स्तब्ध तुल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रविमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार हुँदैदेखि दुर्गा प्रसाईंलाई ५ वर्षबढी कैदको मागसम्म
-
माधव नेपालद्वारा स्थायी कमिटीमा राजनीतिक प्रतिवेदन प्रस्तुत
-
पत्रकार महासङ्घको अमेरिका शाखा गठन,संयोजकमा शेर्पा
-
नुवाकोटमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
-
दोलखामा क्रियाशील पत्रकार समाज गठन
-
१० बजे, १० समाचार : रविलाई ३ मुद्दा दर्ता गर्न राय, दुर्गालाई ५ वर्षभन्दा बढी कैद माग