बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

९८ करोड बराबरको आईपीओ निष्कासन गर्दै प्रभु स्टील्स एन्ड हाइड्रो

बुधबार, २६ मङ्सिर २०८१, २० : १२
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको रु. ९८ करोड बराबरको आईपीओ निष्कासन गर्ने कार्य अगाडी बढेको छ । 

प्रभु ग्रुप्स एन्ड कम्पनीज् अन्तर्गतका विभिन्न कम्पनीहरूको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबिच आज शेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरे । 

यस कम्पनीमा प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दछ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप