साइबर मुद्दामा दुर्गा प्रसाईंलाई ५ वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
![साइबर मुद्दामा दुर्गा प्रसाईंलाई ५ वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी](https://npcdn.ratopati.com/media/news/durga-prasain-(4)_OSFU4Kgwex.jpg)
काठमाडौँ । कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।
प्रसाईंलाई विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ । सरकारी वकिलले उनलाई दफा (४७)को (२) अनुसार थप सजाय गर्नुपर्ने मागदाबी गरेका छन् । सो उपदफा अनुसार पटक–पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ । सो व्यवस्था अनुसार उनलाई ५ वर्ष र त्यसको डेढी सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी छ ।
विद्युतीय कारोबार सम्बन्धी प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको यो तेस्रो मुद्दा हो । प्रधानमन्त्रीको लगानी सम्बन्धी कागजात आफूले तयार नगरेको र कम्बोडियाबाट नै एकजना नेपाली नागरिकले ह्वाट्सएपमा पठाएपछि सार्वजनिक गरेको प्रसाईंले बयान दिएका छन् । प्रसाईंलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने बहस बिहीबार उनको बयानपछि सुरु हुनेछ ।
३ वर्षभन्दा धेरै कैद सजाय हुनसक्ने मुद्दामा प्राप्त प्रमाणबाट पुष्टि हुने अवस्था आएमा थुनामा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्छ : अर्थविद् पौडेल
-
संघीयतालाई दोष दिने ठाउँ छैन, दोषी हामी हौँ
-
नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध
-
गण्डकी प्रदेशको समुन्नतिको यात्रा
-
साविक विजेता नेपालगञ्ज सेन्ट जेभियर्स र होप इन्टरनेशनलबिच उद्घाटन खेल
-
रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् : प्रधानमन्त्री ओली