बुधबार, २६ मङ्सिर २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा परेको एउटा रिटले २६ वटा विज्ञापन स्थगन गर्नुपरेको छ : अध्यक्ष रेग्मी (पूर्णपाठ)

बुधबार, २६ मङ्सिर २०८१, १७ : २५
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । सर्वोच्च अदालतमा परेको एउटै रिट निवेदनका कारण २६ ओटा विज्ञापन स्थगन गर्नुपरेको लोकसेवा आयोगले गुनासो गरेको छ । बुधवार राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएर आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सङ्घीय निकायहरूले रिक्त पदपूर्तिका लागि माग पठाउँदा रिक्त पद बराबर माग नभएको भनी अदालतमा रिट पर्ने गरेको गुनासो गरे । 

‘यस कारण आयोगका पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका बमोजिमका काम कारबाही समेत प्रभावित भएका छन्‚’ उनले बैठकमा भने ।  समितिले सङ्‍घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका लागि आयोगलाई बोलाएको थियो । सोही क्रममा आयोग अध्यक्ष रेग्मीले रिट पर्ने कारणले सम्बन्धित अन्य विज्ञापन तथा सो भन्दा तल्ला पदका विज्ञापनहरूमा समेत असर पर्ने गरेको बताए । 

‘एक आर्थिक वर्षका कामहरू अर्को आर्थिक वर्षमा गर्नुपर्ने, एउटै पदको परीक्षा–नतिजाका कार्यहरू अलग अलग समयमा छुट्टाएर गर्नुपर्ने भएको हुँदा यसबाट कार्य समय,लागतमा समेत असर पर्नुका साथै समयमा कार्य सम्पादन गर्न र निकायहरूबाट माग भई आएका जनशक्ति समयमा नै सिफारिस गर्न समेत कठिनाइ भई आयोगको कार्य सम्पादनमा असर परेको अवस्था छ‚’ उनले भने । 

समितिमा रेग्मीले गरेको सम्बोधनको पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप