नेपाल प्रिमियर लिग क्रिकेट
एनपीएलको लिग चरणमै रोकिने पहिलो टोली बन्यो लुम्बिनी लायन्स
बुधबार, २६ मङ्सिर २०८१, १६ : ३०
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणमै रोकिने पहिलो टोली लुम्बिनी लायन्स बनेको छ ।
जारी प्रतियोगितामा ६ खेल खेलेको लुम्बिनी लायन्स पाँच खेलमा पराजित भएको छ भने एउटामा मात्र विजयी भएको छ । अब लिग चरणको एउटा खेलमात्र खेल्न बाँकी रहेको अवस्थामा लुम्बिनी लायन्सको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भएको हो ।
अन्तिम खेलमा लुम्बिनी लायन्स विजयी नै भए पनि अंक तालिकामा ८ अंक प्राप्त गरिसकेका दुई र ६ अंक प्राप्त गरिसकेका दुई टिम शीर्ष चार स्थानमा कायम छन् । त्यसैले एनपीएलको पहिलो सिजनमा लिग चरणबाट बाहिरिने पहिलो टोलीका रूपमा लुम्बिनीले आफ्नो नाम लेखाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनाव : १२ वर्षमा सबैभन्दा कम मतदान
-
त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो
-
सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन