विभिन्न कार्यक्रमसहित महानगर दिवस मनाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ ।
महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । २०५२ पछि मंसिर २९ गते महानगर दिवस मनाइने गरिएको छ ।
दिवसका अवसरमा महानगरले विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन गरिरहेको छ । त्यस्तै मंसिर २७ गते मेयरको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी मंसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा तथा गुठीखलका गुरुको सम्मान, शिक्षा विभागबाट आयोजना गरिएका प्रतियोगिहरुलाई त्यसै दिन पुरस्कार वितरण तथा मंसिर २९ गते औपचारिक समारोह आयोजना गरिने छ । उक्त दिन महानगरका सबै वडाको प्रतिनिधित्व हुनेगरी फुड फेस्टिवलको आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा