गर्भसंस्कार किन आवश्यक छ ?

काठमाडौँ । पछिल्लो समयमा अप्रेसनको माध्यमबाट बच्चा जन्माइँदै आएको अवस्थामा नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नका लागि गर्भसंस्कार आवश्यक देखिन्छ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अप्रेसनको माध्यमबाट बच्चा जन्माइँदै आएको अवस्थामा नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नका लागि गर्भसंस्कार आवश्यक रहेको जनाएको हो ।
अस्पतालले निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन गर्दै आएको छ । अस्पतालले प्रत्येक महिना गर्भसंस्कार कक्षा सञ्चालन गर्दै आएको छ । कार्यक्रमका संयोजक सुजना पोखरेलले हरेक महिनाको अन्तिम बुधबार उक्त कक्षा सञ्चालन गरिँदै आएको जानकारी दिइन् । ‘महिला तथा प्रसूति डाक्टर, वरिष्ठ नर्स, फिजियोथेरापिष्ट, डाइटिसियन, नवजात शिशुको डाक्टर लगायतको सहभागितामा उक्त कक्षा सञ्चालन हुँदै आएको छ,’ उनले भनिन् ।
कक्षामा गर्भवती अवस्थामा गरिने शारीरिक व्यायाम, पोषिलो आहार विहार, स्तनपान र नवजात बच्चाको स्याहार सुहार लगायतका बारेमा सिकाइन्छ । यस्तै, गर्भवती महिलामा हुने मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने, गर्भ अवस्थामा हुने समस्याको समाधान कसरी गर्ने भन्नेबारे समेत सिकाइने गरेको अस्पतालले जनाएको छ । यसैगरी, उक्त कक्षामा परिवारको योजनाबारे पनि जानकारी दिइन्छ । कक्षामा गर्भवती महिलाका परिवारलाई समेत गर्भसंस्कारका बारेमा जानकारी गराइने गरिएको छ । उक्त कक्षामा अस्पतालमा जाँच गरिरहेका गर्भवती महिला र अन्य जुनसुकै अस्पतालमा जाँच गरेका महिलाले पनि सहभागिता जनाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा