नेपाल प्रिमियर लिग क्रिकेट
लुम्बिनी लायन्सलाई काठमाडौँ गुर्खाजले दियो १०४ रनको लक्ष्य
बुधबार, २६ मङ्सिर २०८१, १४ : २९

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको हो ।
काठमाडौँ गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाए ।
प्रतियोगिता अन्तर्गत तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाजले एक जित र दुई खेलमा हार बेहोर्दै अंकतालिकाको छैटौँ नम्बरमा रहँदा पाँच खेल खेलिसकेको लुम्बिनी भने एक जित र चार हार बेहोर्दै पाँचौँ नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड