माओवादीको स्थायी समिति बैठकमा के–के छन् एजेन्डा ?

काठमाडौँ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय पेसिरडाँडामा दिउँसो ३ बजे बैठक बस्ने सचिव चक्रपाणि खनालले जानकारी दिए ।
यसअघि मङ्सिर २० गते बसेको पदाधिकारी बैठकले एजेन्डामाथि थप छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक दस्ताबेज, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको जिम्मेवारी लगायत विषयमा छलफल हुने सचिव खनालले बताए ।
‘अध्यक्षले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक दस्ताबेज, बैठकको तयारी, पासाङजीलाई जिम्मेवारी लगायत विषयमा छलफल हुनेछ’, रातोपाटीसँग उनले भने ।
साथै पार्टी एकता, विधान कार्यदलले तयार गरेको प्रतिवेदन सम्बन्धमा समेत छलफल हुने उनले जानकारी दिए । माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला