हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज घोषणा

काठमाडौँ । हिरो मोटोकर्पले नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यी दुबै नयाँ बाइकहरु मङ्सीर २६ मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।
- एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू
सिंगल च्यानल एबीएसः
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि ।
श्रेणीकै सर्वाधिक तिब्र:
सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।
फराकिलो रियर टायरः
सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था ।
एलईडी हेडलाइट्सः
सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा ।
ब्लूटूथ कनेक्टिविटी ः
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।
- एक्स्ट्रिम १६०का मुख्य विशेषताः
श्रेणीकै सर्वाधिक गति क्षमताः
तिव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित ब्यवस्था गरिएको छ ।
केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शनः
प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
ब्लूटूथ कनेक्टिविटी:
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय