पर्वतको लुङ्खु–हुवास सडक धमाधम कालोपत्र हुँदै

पर्वत । दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक निर्माण थालेको हो । निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छभने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ । हुवास–भोर्ले कालोपत्र पूरा भएको छभने मङ्गलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ ।
महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म रु ३६ करोड ९६ लाख ९३ हजार छ सय ८५ लागतमा सडक कालोपत्र हुने भएको हो । उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो ।
कुश्मा–फलेवास १६ दशमलव सात किमी सडक पाँच वर्षअघि नै कालोपत्र गरिएको होभने लमायखोला–लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो । यो सडक खण्डको शेराबेँसी–गेडीखोलामा पक्की पुल निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !