रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनीमार्गबाट, बढे रक्तदाता

काठमाडौँ । प्रदर्शनी मार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा सुरु भएको छ । २०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न सुरु गरेको हो ।
नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताका अनुसार भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको बताए । उनले त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन नयाँ बनेसँगै नयाँ भवनबाट सेवा सुरु गरिएको बताए ।
उनले अहिले रक्त सञ्चार सम्बन्धी सम्पूर्ण गतिविधिहरू प्रदर्शनीमार्गमा बनेको नयाँ भवनबाट भइरहेको बताए । उनले प्रदर्शनीमार्गमा रेडक्रस आउँदा सेवाग्राहीको लागि सुविधा र पायक पर्ने स्थान भएको बताए ।
नयाँ भवनमा सेवा सरेसँगै सरकारले तोकेको मापदण्डमा काम गर्न सकिने अवस्था रहेको र सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा सहज भइरहेको उनले उल्लेख गरे ।
नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा आइपुगेको निर्देशक गुप्ताले बताए । उनले प्रदर्शनी मार्गमा सेवा सुरु भएसँगै रक्त सङ्कलनमा समेत वृद्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईभीका लागि टाटा मोटर्ससँग ‘कम्प्लिट इकोसिस्टम’ बनाएका छौँ : राजनबाबु श्रेष्ठ
-
भारत–पाकिस्तान भिडन्तमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानहरु
-
विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्रै बिक्री वितरण गर्ने प्राधिकरणको निर्देशन
-
जीडीपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो
-
जनार्दन शर्माले पार्टी फुटाउँदै छ भन्नेहरू अराजक हुन् : नेता शर्मा
-
‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे उत्तम प्रधान