आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, २६ मङ्सिर २०८१, ०९ : २२

काठमाडौँ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ ।
बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल, मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा
-
कराते टोली अस्ट्रेलिया जाने
-
दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने