रुकुम पूर्वको पाखागाउँमा अटो दुर्घटना, १ जनाको मृत्यु, चालकसहित ४ घाइते

बालाराम शेर्पाली रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित पाखागाउँमा गएराति पौने ११ बजे रुकुमकोट तर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परेको छ ।
लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका वडा नम्बर ६ कि १२ वर्षीय विष्णु बुढाको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी हिम बहादुर केसीका अनुसार अटो दुर्घटनामा चालकसहित ४ घाइते भएका छन् । घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशीला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षका महेन्द्र बुढा र सोही गाउँपालिकाका अटो चालक तोप बहादुर कार्की घाइते भएका छन् ।
घाइते सबैलाई राति नै उद्धार गरेर एकजनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको छ । अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन्। प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला
-
जीवनी ल्याउँदै राजेश हमाल, भन्छन् : नखुलेका धेरै कुरा खुलाएको छु
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक
-
आमिर खान पनि घर सर्न थालेका हुन् ?
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय