अबुधाबी टी-१० लिगमा म्याच फिक्सिङ : पूर्व सहायक प्रशिक्षकलाई ६ वर्षको प्रतिबन्ध
![अबुधाबी टी-१० लिगमा म्याच फिक्सिङ : पूर्व सहायक प्रशिक्षकलाई ६ वर्षको प्रतिबन्ध](https://npcdn.ratopati.com/media/news/image-(1)_obHfUfN2Fy.png)
अबुधाबी । अबुधाबी टी-१० लिगमा म्याच फिक्सिङको घटना बाहिर आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अबुधाबी टी-१० लिगको एक फ्रेन्चाइजका पूर्व सहायक प्रशिक्षक सन्नी ढिल्लोनलाई खेल फिक्स गर्ने प्रयास गरेको आरोपमा सबै प्रकारका क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध लगाएको हो ।
सन्नीमाथि गत वर्ष फिक्सिङको आरोप लागेको थियो । उनको प्रतिबन्ध सेप्टेम्बर १३, २०२३ देखि लागू हुनेछ जब उनलाई अस्थायी रूपमा निलम्बित गरिएको थियो।
बंगलादेशका पूर्व अलराउन्डर नासिर हुसेन पनि आरोपीमा परेका छन् । नासिर हुसेनलाई दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।
आईसीसीले एक विज्ञप्तिमा भनेको छ, ‘सनी ढिल्लोनलाई एमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) को भ्रष्टाचारविरोधी संहिता उल्लङ्घन गरेकोमा दोषी पाइयो। उनलाई ६ वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ । पुणे डेभिल्सका सह-मालिक कृष्णकुमार चौधरी र पराग सिंघवीलाई पनि यस्तै आरोप लागेको छ। दुई स्थानीय खेलाडी र ब्याटिङ प्रशिक्षक असर जैदी, टिम म्यानेजर सादाब अहमदलाई पनि प्रतिबन्ध लगाइएको छ ।'
गत वर्ष भ्रष्टाचार विरोधी आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेका आठ जनामध्ये एक फ्रेन्चाइजी टोलीका पूर्व सहायक प्रशिक्षक ढिल्लोन पनि थिए। आरोपहरू सन् २०२१ को अबुधाबी टी-१० क्रिकेट लिग र प्रतियोगिताको समयमा खेलहरूको नतिजालाई प्रभाव पार्ने कथित प्रयाससँग सम्बन्धित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै