बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कुनै शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

बुधबार, २६ मङ्सिर २०८१, ०५ : ०८
बुधबार, २६ मङ्सिर २०८१

विक्रम संवत २०८१ साल मंसिर २६ गते,  बुधबार । ईश्वी सन् २०२४ डिसेम्बर ११ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । मंसिर शुक्लपक्ष । तिथि–एकादशी, ३९ घडी ५० पला, बेलुकी १० बजेर ४२ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–रेवती, ८ घडी १४ पला, बिहान १० बजेर ३ मिनेट उप्रान्त अश्विनी । योग–वरियान, २७ घडी ४४ पला, बेलुकी ५ बजेर ५१ मिनेट उप्रान्त परिध । करण–वणिज,बिहान ११ बजेर ५२ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ४२ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन, बिहान १० बजेर ३ मिनेट उप्रान्त मेष । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २५ घडी ५५ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ४७ मिनेटदेखि बिहान ८ बजेर ४ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ५ मिनेटदेखि  बिहान ९ बजेर २१ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर २२ मिनेटदेखि  बिहान १० बजेर ३९ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ४० मिनेटदेखि  बिहान ११ बजेर ५७ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ५८ मिनेटदेखि  दिउँसो १ बजेर १५ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो १ बजेर १६ मिनेटदेखि दिउँसो २ बजेर ३२ मिनेटसम्म  चर बेला ।
दिउँसो २ बजेर ३३ मिनेटदेखि  दिउँसो ३ बजेर ५० मिनेटसम्म लाभ बेला ।
दिउँसो ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ११ बजेर ५६ मिनेटदेखि  दिउँसो १ बजेर १४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ५ बजेर ५९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) बिहानको समय मध्ययम रहेकाले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मध्यान्हबाट विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ । व्यापारमा उल्लेख्य वूद्धि हुनेछ । प्रविधिको प्रयोगमार्फत लेख तथा रचनाहरु जनमानसमा लैजान सकिनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) बिहानको समय उत्तम रहेकाले प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाएदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । वित्तीय क्षेत्रमा आज गरिने लगानी भविश्यमा आम्दानीको गतिलो स्रोत हुनेछ ।  

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) आफन्त तथा मित्रहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । राम्रो काम गरी समाजमा नाम कमाउन सकिनेछ । अध्ययनमा सुधार गर्दै राम्रो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । र, पनि प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला । सवारी  साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा सजक हुनुपर्नेछ । पैत्रिक धन तथा सम्पत्तिमा विवाद हुने ग्रहयोग रहेकोछ । खानपान वा वातावरणको ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मान सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिहं (मा,मी,मु,मे,मो,टा,टि,टु,टे) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोग पाइँदा राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कन्या (टो,पा,पि,प्ु,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले आफन्त तथा चेली माइतीबीच वैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुःख पाइनसक्छ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आफ्नै बलबुँताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति संग्रह गर्न सकिनेछ । विगतका कमजोरीलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइहरुबाट बधाएको ओईरो आउनेछ । भौतक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलाशी वस्तुको उपयोगमार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्रपंतिमा तपाईंको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भें) विहानको समय मध्ययम रहेकाले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकाले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकाले पराक्रम बढेर जाने छ, जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला । काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन्। रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरुमाझ राम्रो काम गरि प्रशिद्धि कमाउन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप