असद सरकारमा यातना दिने अधिकारीहरूलाई कारबाही गर्ने विद्रोहीहरूको घोषणा

दमास्कस । सिरियाली विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) ले बशर अल-असदको शासनकालमा यातना दिने अधिकारीहरूलाई सजाय दिइने घोषणा गरेको छ। एचटीएसले यस्ता अधिकारीहरूको जानकारी दिनेलाई पुरस्कार दिने बताएको हो।
एचटीएस नेता अबु मोहम्मद अल जुलानीले अत्याचार गर्ने अधिकारीहरूको नाम सार्वजनिक गर्ने र अन्य देशहरूमा भागेकाहरूलाई फिर्ता ल्याउने प्रयास गर्ने बताए। यसैबिच, विद्रोही लडाकुले अस्पतालको शवगृहमा ४० जनाको शव फेला पारेका छन् । उनीहरूको शरीरमा यातनाका निशानहरू देखिन्छन् ।
यसैबिच सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायलले सिरियामा हवाई आक्रमण गरेको जनाएको छ । आइतबार, एचटीएसको नेतृत्वमा विद्रोही समूहहरूले दमास्कस कब्जा गरेका थिए। यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।
यी सबैको बिचमा बसर अल-असद देशबाट भागेका थिए । रुसले उनलाई शरण दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
सङ्घीय निजामती विधेयक : अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’ को अवधिमा सहमति जुटाउन सकस