बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

शितलहरबाट जनतालाई बचाउन तत्काल कदम चाल्नुपर्छ : प्रभु साह

मङ्गलबार, २५ मङ्सिर २०८१, १८ : ४१
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई–मधेसमा शितलहर र देशभरि चिसोबाट कठ्यांङग्रिएर जनता मर्ने अवस्था आएको भन्दै उनीहरूलाई बचाउनको लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । मंगलबार एक भिडियो सन्देश जारी गर्दै साहले शितलहर सुरु भएको र तराई–मधेसका जनता प्रभावित हुन थालेको भन्दै सरकारले पूर्वतयारी नगरेकोमा आक्रोश पोखे ।

उनले भने,‘अहिले तराईमा शितलहर सुरु भएको छ, आम जनजीवन कष्टकर बन्दैछ । विगत वर्षहरुमा झैँ अहिले पनि मान्छेहरू चिसोले कठ्यांग्रिएर मर्ने, स्वास्थ्य समस्या बढ्ने, पशु चौपाया प्रभावित हुने, बालीनाली नष्ट हुने, कृषि उत्पादन घट्ने, व्यापार–व्यवसाय पनि प्रभावित हुने, हुस्सुको कारण सडक दुर्घटनासमेत बढ्ने अनि घरबारविहीनहरू झनै प्रभावित हुने अवस्था छ, कैदीबन्दीहरुको पनि जीवन सकसपूर्ण हुने अवस्था छ । यस्तो पीडादायी अवस्थामा सरकारको तर्फबाट पूर्वतयारीको काम केही भएको देखिएन । म सरकारको नेतृत्वमा भएकाहरूसँग सोध्न चाहन्छु–तपाईंहरुसँग मानवीय संवेदना छ कि छैन ? यदि छ भने त्यसको पूर्वतयारीसम्बन्धी के काम गर्नुभयो ? बिरामीको निधन भएपछि डाक्टरको के काम ? यदि तपाईंहरुमा थोरैपनि जबाफदेहिता छ भने शितलहर प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुहोस् ।’

उनले चिसोबाट नागरिक बचाउनको लागि सरकारलाई विशेष आर्थिक प्याकेज ल्याउनको लागि पनि अपिल गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप