मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ

मङ्गलबार, २५ मङ्सिर २०८१, १६ : ०४
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएर चन्द्रागिरीमा बस्ने रोशन भण्डारी छन् । 

३१ वर्षीय भण्डारीलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले जानकारी दिए । 

महिलालाई साथी बनाएर कुराकानी गर्ने क्रममा गोप्य तस्बिर लिएर उनले ती महिलाको आफन्त र साथीहरूलाई पठाएको आरोप छ । 

मंसिर २३ मा पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप