सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी नियुक्तिको काम अन्तिम चरणमाः सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका पदाधिकारी नियुक्तिको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सिंहदरबारमा ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको कामलाई संक्रमणकालीन न्यायका मान्य सिद्धान्तअनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि विद्यमान कानूनमा परिमार्जन र संशोधन गरिएको घिमिरेले बताए ।
उनले संविधान सभामार्फत नयाँ संविधानको निर्माण गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक, रुपमा पछाडि पारिएका र वञ्चितिकरणमा परेका उत्पीडित, अल्पसंख्यक र सीमान्तकृत समुदायको अस्तित्वको पहिचान, स्वतन्त्रता, समानता र न्यायको प्रत्याभुतिका लागि समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेदको नीतिलाई आत्मसाथ गरेको उल्लेख गरे ।
सभामुख घिमिरेले प्रविधिको प्रयोग मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा अधिकतम प्रयोग हुनु स्वभाविक भएपनि यसको दुरुपयोग र अरुको मानव अधिकार हनन हुनसक्ने जोखिम टड्कारो रुपमा देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित