पोखरालाई हराउँदै प्लेअफमा कर्णालीको बलियो दाबेदारी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।
कर्णालीको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो बलमा नै देव खनाल शून्य रन बनाएर आउट भए । त्यसपछि बाबर हायात पनि ७ रन बनाएर पभिलियन फकिए । टोलीले ३.५ ओभरमा २ विकेटको क्षतिमा १४ रनमात्र जोडेको थियो ।
त्यसपछि चाडविक वाल्टन र गुल्सन झा मिलेर कर्णालीको इनिङ्स सम्हाले । दुवै मिलेर ६० रनको साझेदारी गरे । वाल्टन ३४ बलमा ४२ रन बनाउँदै कुशल भुर्तेलको बलमा बोल्ड भए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।
गुल्सन झाले टोलीका लागि सर्वाधिक ४९ रनको योगदान दिए । झाले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । उनी अर्धशतकबाट मात्र एक रनले चुकेका थिए । पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
यसअघि, विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको थियो । बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए । जारी लिगमा कुनै पनि बलरले एकै खेलमा यति धेरै विकेट लिएको यो पहिलो अवसर हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात भने निकै राम्रो गरेको थियो । ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३.५ ओभरमा ४६ रन जोडेका थिए ।
गाउस १२ बलमा २५ रन जोड्दै आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै, खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए ।
त्यसपछि भने पोखराले लय गुमायो । मात्र ४३ रनमा टोलीले थप ६ विकेट गुमाउन पुग्यो । रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । मध्यक्रमका अन्य ब्याटर चल्न सकेनन् ।
खेलको अन्त्यतिर विपिन खत्रीले १० रन जोडे । कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र युनिस खत्रीले १–१ विकेट लिए ।
लिगमा कर्णाली याक्सको यो पाँचौँ खेल हो । टोलीले हालसम्म तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । पोखराविरुद्धको जितपछि टोलीको ६ अङ्क पुगेको छ ।
पोखराको भने यो चौथो खेल हो । टोलीले ४ खेलमध्ये एक खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । टोलीको मात्र २ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायावी’को पोस्टरमा दीपिकासँग पलको प्रेम र पीडा
-
दुम्कीवासमा तुरुन्त यातायात सुचारु गराउन मन्त्री दाहालको निर्देशन
-
अमेरिकाको डढेलोमा मर्नेको संख्या १० पुग्यो
-
विपक्षी दलहरूको दौडधुप किन ?
-
गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत
-
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत