शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई

मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : ४७
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब विराटनगर किंग्सले नेदरल्याण्ड्सका स्कट एडवार्ड्सलाई क्लब भित्र्याएको छ । २८ वर्षीय एडवार्ड्स अनुभवी विकेटकिपर ब्याट्सम्यान हुन् ।

उनले ७१ खेल टी–२० अन्तर्राष्ट्रिय खेलमा २१.७२ को औसतले १ हजार २१ रन बनाएका छन् । उनले २ वटा अर्धशतक पनि बनाएका छन् । उनले मेलबर्न रेनगेड्स र भिक्टोरियाबाट क्लब क्रिकेट खेलेको अनुभव पनि छ ।

लिगमा हाल विराटनगर अङ्क तालिकाको पुछारमा रहेको छ । ४ खेलमध्ये टोलीले १ मात्र खेल जितेको छ । टोलीले दुई अङ्क मात्र बटुलेको छ ।

विराटनगर किङ्स एमएडी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको छ । एमएडी ड्रिम्स स्पोर्टस प्रालिले एक करोड ५१ लाख रुपैयाँमा विराटनगर किङ्सको स्वामित्व खरिद गरेको हो । विराटनगर किङ्सको मार्की खेलाडी सन्दीप लामिछाने हुन् । विराटनगर किङ्सका प्रमुख प्रशिक्षक केभिन ओ ब्रायन हुन् ।

विराटनगर किङ्सले विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इल्यास, क्यानडाका निकोलास किर्तन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका ईस्मात आलमलाई भित्राई सकेको छ ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप