मुम्बई : बस अनियन्त्रित भई कयौँ सवारीसाधनलाई ठक्कर दियो, चार जनाको मृत्यु
मुम्बई । भारतको मुम्बईमा सोमबार राति भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएको बताइएको छ ।
दुर्घटनाबारे जोन ५ का डीसीपी गणेश गावडेले भने, ‘कुर्लामा बेस्ट बस नियन्त्रण बाहिर गएको थियो । बसले केही सवारीलाई ठक्कर दिएको छ। २५ जना घाइते छन् भने चार जनाको मृत्यु भएको छ।’
उनले भने, ‘सबै घाइतेको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको ठाउँबाट बेस्टले बस हटाइसकेको छ। अब बसको आरटीओले निरीक्षण गर्नेछ।’
यस घटनामा मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु भएको प्रहरीले जानकारी दिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी गावडेले भने, ’थप अनुसन्धान भइरहेको छ। यो दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।’
समाचार एजेन्सी एएनआईका अनुसार यो बस कुर्लाबाट अंधेरीतर्फ गइरहेको थियो । सो क्रममा बस अनियन्त्रित भई धेरै सवारी साधनलाई ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते