लुम्बिनीमा रहेका कर्णालीका सुरक्षा निकायका कार्यालय चाँडै कर्णालीमा सार्ने गृहमन्त्रीको प्रतिबद्धता
सुर्खेत । गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा पनि साबिक मध्यपश्चिमका प्रहरी संरचनाहरू अझै अझै बाँकेमा छन् । मङ्गलवार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै लेखकले ती कार्यालयहरू चाँडै कर्णालीमा स्थापना गर्ने बताए ।
जग्गाको विषयमा प्रदेश र स्थानीय सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । गृह मन्त्रालयबाट गरिनुपर्ने कामहरू आफूले सहज रूपमा गर्ने पनि लेखकले बताए ।
गृहमन्त्री लेखकले शान्ति सुरक्षाको हिसाबले कर्णालीमा खासै चुनौती नदेखिएको दाबी गरे । आत्महत्या, लागुऔषध र सवारी दुर्घटना कर्णालीका मुख्य चुनौती रहेको बताउँदै उनले भने, ‘मैले गहिरो रूपमा काम गर्नका लागि हिजो सुरक्षा निकायका प्रतिनिधिहरूलाई निर्देशन दिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर