स्ट्यान्डर्ड चार्टर्डमा पहिलोपटक नेपाली कार्यकारी प्रमुख, गोरखशम्शेर राणा सीईओमा नियुक्त
![स्ट्यान्डर्ड चार्टर्डमा पहिलोपटक नेपाली कार्यकारी प्रमुख, गोरखशम्शेर राणा सीईओमा नियुक्त](https://npcdn.ratopati.com/media/news/gorakh-samsar_HRpyInCG8J.jpg)
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोरखसम्शेर राणा नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । राणा यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए ।
उनी विगत ३१ वर्षदेखि बैंकिङ सेवामा छन् । २०५० सालमा तत्कालिन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) मा सहायक स्तरको सेवा सुरु गरेका उनको तीन दशक भन्दा बढी समय सोही बैंकमा बितेको छ ।
त्यसको २ वर्षपछि सहमयक प्रबन्धमा बढुवा भएका उनी कर्पोरेट बैंकिङ, क्रेडिट रिसर्च, कर्पोेरेट एण्ड इन्सिच्युसनल बैंकिङ २०७० मा होलसेल बैंकिङ विभागको प्रमुख, २०३ मा कमर्सियल एण्ड ग्लोबल बैंकिङ विभाग प्रमुख रहेका उनी २०७९ पुसमा डेपुटी प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
राणाले केही समय अघि मात्रै नेपालले गरेको सार्वभौम क्रेडिट रेटिङमा रेटिङ एजेन्सी फेच रेटिङको सल्लाहकारको भूमिका निर्वाह समेत गरेका थिए । करिब साढे ३ दशकको इतिहासमा अहिलेसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले विदेशी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै आएको थियो । गोरखसम्शेर उक्त बैंकको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।
उनी राजा वीरेन्द्रमा ज्वाइँ समेत हुन् । वीरेन्द्रकी छोरी श्रुती राज्यलक्ष्मी शाहसँग उनले विवाह गरेका थिए । श्रुतिको भने दरबार हत्याकाण्डका क्रममा ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने निर्णयको स्वागत
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
जर्मनीमा रेल र ट्रक जुधे : एक जनाको मृत्यु, २५ घाइते
-
अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
-
शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान
-
सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी: कांग्रेस महामन्त्री