चोभारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी
मङ्गलबार, २५ मङ्सिर २०८१, ११ : ३५

काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । कवाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौँ महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए ।
उनले आफूलाई जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको तर जस्ता बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले स्काइभेटर मगाएर आगो जस्ता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।
करिब आधा आगो नियन्त्रणमा आएको उनले बताए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य